नियम १५६
उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार
नियम १५५ बमोजिम उपभोक्ता
समिति मार्फत आयोजना कार्यान्वयन वा सञ्चालन गराउ“दा त्यस्ता उपभोक्ता
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) आयोजनाको निर्माण कार्य सञ्चालन गर्ने कामको सम्बन्धमा सम्बन्धित
स्थानीय निकायस“ग सम्झौता गर्ने,
(ख) आÇनो समितिको सूचिकरण दर्ता, नवीकरण, साधारण सभा तथा वार्षिक
कार्यक्रम र बजेटको विवरण सम्बन्धित स्थानीय निकायमा पेश गर्ने,
(ग) आयोजनाको निर्माण कार्य सम्बन्धित स्थानीय निकायको तर्फबाट
तोकिएको प्राविधिकले तयार गरेको लागत अनुमान तथा प्राविधिक
सल्लाहको अधीनमा रही गर्ने,
(घ) आयोजना कार्यान्वयन गर्दा स्थानीय स्रोत, साधन र श्रम शक्तिको
अधिकतम परिचालन गर्ने,
(ङ) आयोजना निर्माण सम्बन्धमा भएको प्रगति विवरण सम्बन्धित स्थानीय
निकायलाई द्वैमासिक रुपमा उपलब्ध गराउने,
(च) आयोजनाको निर्माण कार्य समाप्त भएपछि सम्बन्धित स्थानीय निकायबाट
खटाएको प्राविधिकबाट निर्धारित नक्सा, डिजाइन तथा स्पेशिफिकेशन
बमोजिम गुणस्तरयुक्त भए वा नभएको सम्बन्धमा जा“च गराउने,
(छ) आयोजनाको जा“चपास भएपछि सम्बन्धित स्थानीय निकायबाट हस्तान्तरण
भएको आयोजना जिम्मामा लिई सञ्चालन गर्ने,
(ज) आयोजनाको सञ्चालन, संरक्षण, मर्मत र सम्भार गर्ने,
(झ) आयोजनाबाट सेवा उपभोग गर्ने व्यक्ति वा परिवारस“ग आयोजनाको मर्मत
सम्भारको प्रयोजनको लागि सेवा शुल्क असूल गर्ने,
(ञ) नियम १५५ उपनियम (५) को खण्ड (क) बमोजिम सम्बन्धित स्थानीय
निकायबाट प्राप्त रकम र खण्ड (झ) बमोजिम उठाईएको सेवा
शुल्कबाट आयोजनाको मर्मत, सम्भार र सञ्चालन गर्ने,
(ठ) सम्बन्धित स्थानीय निकायले दिएको नीति निर्देशनको अधीनमा रही
आयोजनाको सञ्चालन गर्ने,
(ड) उपभोक्ता समितिको मासिक रुपमा बैठक बस्ने र बैठकबाट भएको निर्णय
सम्बन्धित स्थानीय निकायलाई जानकारी गराउने,
(ढ) आयोजना सञ्चालनबाट स्थानीय जनतालाई पुगेको सुविधा, सेवाको
गुणस्तर, सेवामा वृद्धि गराउनु पर्ने अवस्था आदिको समीक्षा एवं मूल्याड्ढन
गरी समय समयमा सम्बन्धित स्थानीय निकायलाई विवरण उपलब्ध
गराउने
(ण) आयोजना सञ्चालनको क्रममा देखा परेका वाधा ब्यवधान हटाउनको
लागि उपयुक्त सुझाव सहितको सिफारिस सम्बन्धित स्थानीय निकायमा
पेश गर्ने,
(त) जिम्मा लिएको कामको निर्धारित समयमा कार्य समाप्त नभएमा उपभोक्ता
समूहको निर्णय सहित थप म्याद माग गर्ने,
(थ) कार्य सम्पन्न भएपछि किस्ता वा रकम माग गर्ने,
(द) उपभोक्ता समितिले कार्यक्रम छनौट गर्दा, सञ्चालन गर्दा, सम्पन्न गर्दा
उपभोक्ता समूहको निर्णयको आधारमा गर्ने,
(ध) उपभोक्ता समितिबाट भएका कामको अन्तिम फरफारक गराउनु अघि
समीक्षाको लागि उपभोक्ता समूहको बैठक बोलाई बैठकमा राखी छलफल
गराउने,
(न) उपभोक्ता समूहको बैठकको उपस्थिति र निर्णयको प्रतिलिपि सम्बन्धित
स्थानीय निकायमा प्रस्तुत गर्ने,
(प) उपभोक्ता समितिले गरेको कामको लागत मूल्य, कार्य, कार्यस्थल, लागेको
रकम, उपभोक्ता समितिका पदाधिकारीको नाम नामेसी, कार्यशुरु तथा
सम्पन्न मिति समेत खुल्ने गरी सम्बन्धित कार्यस्थलमा सार्वजनिक
परीक्षण गरेको प्रतिवेदन सम्बन्धित स्थानीय निकायमा प्रस्तुत गर्ने ।